सागरमाथा चढ्न बहराइनका राजपरिवार सदस्यसहित १६ जना नेपाल आए
काठमाडौं । बहराइनका राजपरिवार सदस्यसहित १६ जना सगरमाथा आरोहणका लागि नेपाल आएका छन् । सोमबार बहराइनबाट उक्त टोली त्यहाँको डिफेन्स फोर्स सैन्य जहाज चढेर नेपाल आएको हो ।
उक्त टोलीमा ३ बेलायती नागरिक पनि रहेको बताइएको छ । त्यस्तै टालीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना र बाँकी बहराइजनकै रहेका छन् । यो टोली अब झण्डै ३ महिना बस्ने बताइएको छ ।
टोलीमा रहेका सबैले यसअघि नै नेपालमै कोरोना भाइरसबिरुद्धको भ्याक्सिन लगाइसकेको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।
साभार- अञ्जुली अनलाइन
Facebook Comments Box
