वडा स्तरीय कार्यकर्ता विस्तारमा जनमत पार्टीको सक्रियता

सेयर गर्नुहोस

कपिलवस्तु, चैत्र २ गते।

कपिलवस्तुमा केही दिन देखि जनमतले पार्टी विस्तारमा जोड दिएको छ। सोही क्रममा शिवराज नगरपालिका वडा नं ८ मा प्रभु दयाल धाेबीको अध्यक्षतामा ११ सदस्यीय वडा स्तरीय कमिटी गठन गरिएको छ। जनमत पार्टीको केन्द्रीय र जिल्ला प्रतिनिधिकाे अतिथित्यामा वडा स्तरीय भेला गरिएको हो। उक्त भेला बाट प्रभु दयाल धाेबी संयोजक , भगवान दास यादव सचिव,राम किशोर चौधरी कोषाध्यक्ष, गंगा प्रसाद घिमिरे सदस्य,प्रमोद कुमार खड्का लगायतका अन्य सदस्यहरू रहेका छन्।
जनमत पार्टीको जिल्ला सदस्य अजित सिंह चौहान, अरुन कुमार विश्वकर्मा,राम लाल यादव,हनिफ गद्दी लगायत बिभिन्न नेता र कार्यकर्ताहरु सगै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

Facebook Comments Box