सरकार र वीरगंज भन्सार कंगाल भन्सारका कर्मचारी र एजेन्ट , व्यापारी मालामाल

सेयर गर्नुहोस

कृष्णा यादव /वीरगंज १ चैत

वीरगंज भन्सार कार्यालय ( अाईसीपी ) का कर्मचारी ८ भन्सार एजेन्टको मिलोमतोमा व्यापक राजस्व चुहावट भैरहेको छ।
भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टको मिलोभगतमा सामानहरुको मुल्यांङ#कन कम गरी जासपास । राजशव चुहावाट भैरहेको हो।

विगत करिब एक बर्ष देखी कोरोना महामारीको कारण देखाउदे भन्सारका कर्मचारी र एजेन्टको मिलोमतोमा भारत लगायत विभिन्न देशवाट आएका मालसामानहरुमा भन्सारका कर्मचारीहरुले मुल्यांङकन कम गरी जाचपास गर्ने र बाकी रकम एजेन्ट र भन्सार कर्मचारीहरुले बाडफाँट गर्ने गरेको एक भन्सार एजेन्टले बताएका छन्।

भारतवाट नेपाल आउने सामानहरु जुन सबभन्दा बढी भन्सार लागने लत्ताकपडा , स्टिलका भाडाकुडा ,कस्मेटिक , ईलेकट्रोनिक सामानहरुको मुल्याङकन कम गरि एजेन्ट मार्फत लाखौं रुपैया भन्सारको कर्मचारीहरुले लिएर सरकारको राजशव चुहावट गरी रहदा पनी भन्सार प्रमुखहरु बेखबर रहने गरेका छन्।

भन्सार कर्मचारीहरुले जाचपास हुने गाडीहरु वाटमालसामानहरु मुल्यांङकन कम गरे वापत प्रति ट्रकको ५० हजार देखि १ लाख रुपैया सम्म लिने गरेका छन् ।

भन्सार एजेन्टहरु मार्फत मालसामान जाचपास गर्ने जाचकीहरुले लिएको अवैध रकम भन्साार कार्यालय icp का सम्पुर्ण कर्मचारीहरुले भागभणडा पाउने गर्देछन् ।

भन्सार कर्मचारी र एजेन्टको मिलोमतोमा हुने राजशव चुहावटको कारणले गर्दे करिब ६ महिना देखि वीरगंज भन्सार कार्यालयको राजशवको लक्ष्यमा कनि हुने गरेकोले भन्सार कार्यालको तथ्यांकले प्रष्ट देखाएको छ।

विगतमा भन्सार कार्यालयवाट जाचपास भै छुटेको गाडिहरुलाई राजशव अनुसन्धान कार्यालय पथलैयाले धमाधम पक्राउ गरि जाचपास भन्दा बढी गाडी भित्री रहेको करिब १ करोड भन्दाको सामानहरु नियन्त्रणमा लिदै विभिन्न व्यापारीहरुलाई कारवाही गरेकोले प्रष्ट हुन्छकि वीरगंज भन्सार भित्रैवाट तस्करी र राजशव चुहावट भै रहेको प्रमाणित भएको छ ।यस तर्फ सम्बन्धित निकाय र अख्तियार दुरुपयोग अनुसन्धानको ध्यान जान जरुरी देखिएको छ नत्र सरकार कंगाल र व्यापारी , भन्सार कर्मचारी र एजेन्ट मालामाल भैरहेको छन् ।

Facebook Comments Box