भारतीय गाडिहरु पेट्रोलियम ओसारपासार गर्दै

कपिलवस्तु , फल्गुन २९ । जिल्लाका भित्रिने भारतीय टेलर र ट्रकहरु अवैधरुपमा पेेेट्रोलियम पदार्थ ओेसारपाेसार शुरु गरेका छन ।
नेपाल-भारत सिमा नजिक रहेका केही पेट्रोल पम्पहरुबाट नेपाल भित्रेका भारतिय मालवाहक टेलर, ट्रकहरु फर्किने क्रममा अवैधरुपमा डिजल ओसार पाेसार गर्दैआएकाे तथ्य सामुुुुुन्ने आएको छ ।
पेट्रोलियम पदार्थहरु भारत हुँदै नेपाल आयात भएतापनि पारि पेट्रोल , डिजलकाे मूल्य धेरै रहेकाेले कृष्णनगर-चन्द्राैटा ओैधाेगिक क्षेत्रमा कच्चा पदार्थ पुर्याउने र काेयला लगायतका ढुवानी गर्ने माल वाहक गाडीहरु समेतले तिनदेखि पांच अतिरिक्त ट्यांकी जडान गरि ओसार पाेसार गर्दै आएका छन । भारतमा डिजल प्रति लिटर नेरु १३९.५७ छ र पेट्राेल १५०.४३ प्रति लिटर रहेकाे छ जबकी नेपालमा डिजल प्रति लिटर नेरु ९७.५० छ भने पेट्राेल ११४.५० प्रति लिटर मात्र रहेकाे छ ।
आज इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरीकाे संयुक्त टाेलीले केही टेलरहरुकाे चेकजाँच गर्दा सात वटा गाडीमा अतिरिक्त ट्यांकी जडान गरि लगभग ४ लाख १५ हजार बराबरकाे ४२ सय लिटर डिजल बरामद गरेकाे र थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
