महाकाल सामाजिक संस्था द्वारा गाई तस्करी राेकाउन ज्ञापन पत्र

सेयर गर्नुहोस

कपिलवस्तु।
बिगत केही समय देखि गोरुको तस्करी बढे़ लगात्तै कपिलवस्तु जिल्लामा रहेको महाकाल सामाजिक संस्थाले ठाउँ-ठाउँमा गई गोरु तस्करी रोक्न सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ। बिगत केही दिन देखि गाई-गोरू तस्करी हुँदै आएको अवस्थामा गाई – गोरु छोप्न समेत सफल भएको ज्ञापन पत्रमा उल्लेख गरेको छ।समयमा सम्बन्धित निकायले कार्यवाही नगर्दा महाकाल सामाजिक संस्थाले ईलाका प्रशासन कार्यालय चन्द्रौटा र शिवराज नगरपालिकालाई आज ज्ञापन पत्र बुझाएको छ।
गाई राष्ट्रिय जनावर मात्र नभई सनातन हिन्दू धर्मको आस्था समेत रहेकोले नेपालमा गाई-गोरू तस्करी पूर्णमा रोक लगाए पनि कपिलवस्तु गोरु तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको छ। यदि हाम्रो देशको राष्ट्रिय जनावर अर्थात धर्म एवं आस्था माथि असर पर्ने गरी यस्ता गतिविधिमा रोक लगाउने काम भएन भने आगामी दिनमा कड़ा भन्दा कडा आन्दोलन गरिनेछ भनी ज्ञापन पत्र बुझाएको छ।

Facebook Comments Box