कपिलवस्तु जिल्लामा जनमत पार्टीको लहर, कृष्णनगर नगरपालिका वडा नं ४मा दीपक कुमार केवट संयोजकमा
कपिलवस्तु, फागुन २५ गते।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ४ मा स्थानीय राजेश केवटको अध्यक्षतामा बसेको भेलाबाट वडा स्तरीय कमिटी गठन गरिएको छ। जनमत पार्टीको केन्द्रीय प्रतिनिधि राम बिकास लोधको प्रमुख अतिथित्यामा वडा स्तरीय भेला गरिएको हो। उक्त भेला बाट ११ सदस्यीय समिति सहित दीपक कुमार केवट लाई संयोजक पदमा चयन गरेको छ।
जिल्ला अध्यक्ष योगेन्द्र चौधरीको रोहबरमा कमिटी गठन भएको छ।जनमत पार्टीको जिल्ला सदस्य अजित सिंह चौहान, अरुन कुमार विश्वकर्मा,राम लाल यादव,हनिफ गद्दी लगायत दर्जनौं कार्यकर्ता स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
Facebook Comments Box
