बसले ठक्कर दिँदा एकजनाको मृत्यु

सेयर गर्नुहोस

रासस

बागमती : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ८ स्थित सडकमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

बसको ठक्करबाट गम्भीर घाइते अन्सारीको हेटौँडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। मृतक अन्सारी ना५ख ८६६८ नम्बरको ट्रकको धनी रहेको खुलेको छ। सोही एरियामा बिग्रिएको ट्रक मर्मतका लागि मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्‍याउन पैदल जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको उपरीक्षक अन्सारीले बताए।

ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका– २ निवासी ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। थाहा खबर

Facebook Comments Box