पाल्पामा जिप दुर्घटना ३ जनाको मृत्यु, दुईजना घाईते

सेयर गर्नुहोस

पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा हिजो राती जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।

लु१ज २३७७ नम्बरको जिप चढेर सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्लले जानकारी दिनु भयो ।

सर्वोत्तम सिमेन्टको खानी नजिकै जिप १५० मिटर तल खस्दा स्थानीय दिपेन्द्र बुढा, चेतबहादुर बिक र जनक रेगामीको मृत्यु भएकोजिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । दुर्घटनामा सरोज बुढा र रन्जन रेस्मी घाइते भएका छन्।उनिहरुको तानसेन मिसन अस्पतालमा उपचार भएको स्थानीय जित बहादुर झाक्रीले जनाकारी दिनुभए को छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वैखरी

Facebook Comments Box