स्रोत नखुलेको साढे ४२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सेयर गर्नुहोस

कपिलवस्तु ,बैशाख १५ । वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले स्रोत नखुलेको ४२ लाख ६३ हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सुराकीकाे आधारमा स्राेत नखुलेकाे रकमसहित भारतीय नागरिक अनिश कुमार पक्राउ गरिएकाे प्रहरी निरिक्षक सुजन शाहले बताउनुभयाे ।
आइतबार दिउँसाे शिवराज नगरपालिका–५, ग्यालेक्सी टोलस्थित एक घरमा विशेष सूचनाको आधारमा छापा मारेर उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत घर बताउने २२ वर्षका अनिश कुमारले राखेकाे रकम , पैसा गन्ने मेसिन,लगायत मोबाइल अन्य कागजात समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहका अनुसार बरामद हुन्डी लगायत अवैध कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box