दाङको अर्जुन खोलामा डुबेर बेपत्ता भएका युवककाे शव भेटियो

सेयर गर्नुहोस

दाङ – दाङको अर्जुन खोलामा डुबेर बेपत्ता हुनुभएका लमही नगरपालिका–५ का २२ वर्षीय चेतराज चौधरीको आज बिहान शव भेटिएको छ ।

हिजो दिउँसो साथीसँग नुहाउन खोलामा गएका चौधरी डुबेर बेपत्ता हुनुभएको थियो ।

लगत्तै खोजी थालेको सुरक्षाकर्मीको टोलीले हिजो अबेरसम्म फेला नपरेपछि आज बिहानैदेखि खोजी कार्य थालेको थियो ।

बिहान ९ बजेतिर चौधरीको शव भेटिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त कार्यालय प्रमुख धर्म खड्काले जानकारी दिनुभयो । वैखरी

Facebook Comments Box