पाङ-खुर्कोट समाजले गर्‍यो ७० जना आमालाई सम्मान

सेयर गर्नुहोस

काठमाडौं : प्रेम, करुणा र ममताकि प्रतिमुर्ति हुन आमा। तिनै आमाको सम्मानका लागि आयोजना गरिएको कार्यक्रम आमा सम्मान।

पर्वतको पाङ र खुर्कोट जन्म भयर काठमाडौ आई बसेका तिनै पङ्गाली-खुर्कोटेलीहरुको साझा संस्था पाङ खुर्कोट –काठमाडौ सम्पर्क समाजले आज ७० वर्ष काटेका आमाहरुको सम्मानमा बालुवाटारमा ‘आमा सम्मान’ कार्यक्रम आयोजना गरेको हो।

आमालाई पछेउरा ओढायर, रुदाक्षको माला लगाई, दक्षिणासहित आमाहरुको खुशी ,सुस्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गर्दै आमा सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

आमाको महत्त्वका विषयमा भजन कीर्तन गाउँदै , खाना खुवाई आमा सम्मान कार्यक्रम मार्फत बृद्ध अबस्थामा वृद्धाश्रम पुराउने प्रवृत्तिबाट हाम्रो समाजलाई जोगाउन यो कार्यक्रमको मुल मर्म रहेको बताइएको छ।

औशीको पूर्व सन्ध्या पारेर अघिल्लो दिन यो कार्यक्रम गरिएको हो। कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहिद गोविन्दनाथ शर्मा पौडेलकी धर्मपत्नी भगवती पौडेल रहेकी थिइन्। विशिष्ट अतिथि माननीय जिल्ला न्यायाधीश नारायण प्रसाद पौडेल , वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व महासचिव लीलामणि पौडेल , विभिन्न पदमा रहनु भयका बहालवाला एवं पूर्व सरकारी कर्मचारी, व्यवसायी, विभिन्न क्षेत्रमा रहि पेसा व्यवसाय गरि पाङ खुर्कोट पर्वतबाट काठमाडौंमा आएर बसेका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा गायक कृष्ण समीप सुवेदी र उनको समहूले भजन किर्तन गरेका थिए। समाजका अध्यक्ष बिष्णु शर्मा पौडेलको अध्यक्षता र सचिब प्रेम सुबेदीको संचालनमा ूआमा सम्मानू कार्यक्रम सम्पन्न भयको हो। थाहा खबर

Facebook Comments Box