सुरक्षा निकाय कै संरक्षणमा कबाड तस्करी

कपिलवस्तु , बैशाख १२ । जिल्लाकाे कृष्णनगर नाका हुँदै अवैधरुपमा भारततिर जाने कबाड तस्करीमा सशस्त्र प्रहरी लगायत सुरक्षानिकायकाे कै संरक्षण देखिएकाे छ ।
कृष्णनगरकाे लक्ष्मीनगर,सिर्सिहवा लगायत कर्माकाे कुशहवा हुँदै व्यापक रुपमा कबाड तस्करी भईरहेपनि सिमामा खटेका सबै तहका सुरक्षा कर्मी मुकदर्शक बनेका छन । प्रत्येक पांच किलोमिटरमा सशस्त्र प्रहरी बलकाे बार्डर आउट पाेष्ट छ । खुला सिमानाकाे फाइदा उठाउदै कबाड तस्करहरु कृष्णनगर र वरपरका नाकालाई नै सबैभन्दा सुरक्षित नाका मानेका छन । पहिला छिटपुट हुने कबाड तस्करी अहिले व्यापक रुप मै भईरहेकाे प्रमाण कपिलवस्तु टाइम्ससंग सुरक्षित छ । भारतीय सिमासंग सटेकााे लक्ष्मीनगर गाउंकाे दक्षिण बाटाे हुँदै कबाड तस्करी हुदा पनि सशस्त्र प्रहरी बल लगायतका सुरक्षा तन्त्रहरु निष्क्रिय बनेका छन ।
कृष्णनगरकाे वरपरका गाउँ लगायत का साना पैदल बाटाेसमेतबाट कबाड भारतकाे बढ्नी पुर्याउने र त्यहांबाट रिसाइकलका लागि सम्बन्धित फ्याट्रीसम्म पुग्ने गरेकाे स्राेतले जनाएको छ ।
नेपालभित्रका गाउँ गाउंबाट संकलित प्लास्टिक र फलाम लगायत अन्य प्रयाेगहिन सामग्रीलाई साइकल, ठेलागाडा, डनलफ लगायतका साधानमा लाेड गरि कृष्णनषरका विभिन्न संकलन केन्द्रहरुमा पुर्याइन्छ त्यसपछि सुरक्षा कर्मीसंगकाे सांठगांठमा भारतमा पुर्याउने गरिएकाे स्राेतले बताएकाे छ । तस्करी भई भारत बढ्नीमा पुगेका कबाडलाई संकलित गरि दैनिक दशाैं ट्रक कबाड रिसाइकिल केन्द्रमा पठाउने गरेकाे प्रत्यक्षदर्शीकाे भनाई छ ।
भारतीय उद्योगीले कबाड वस्तु केही महँगो दरमा खरिद गर्ने भएकाले पनि नेपाली कबाड व्यवसायीले भन्सार छलेर अवैध रूपमा भारत पुर्याउने गरेका छन् । दैनिक साइकलबाट कबाडजन्य वस्तु भारत निकासी हुने गरेपनि सुरक्षासंयन्त्र माैन बसेकाे छ । संकलित कबाडको ठुलो अंश बाहिरिने भएकाले नेपालभित्रका उद्योगले पुनः त्यही कबाड दोब्बर मूल्यमा आयात गर्नुपर्ने बाध्यता रहेको उद्योगी बताउँछन् । कबाडसम्बन्धी वस्तुलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योग भैरहवादेखि धनगढीसम्म सयभन्दा बढी छन्। तर सिमानामा कबाड तस्करी बढेपनि सशस्त्र प्रहरी बलका बिओपीहरु राेक्न सकेका छैन्न ।


