स्वास्थ्यकर्मी अग्रपंक्तिमा खटेर खाेप अभियान सफल बनाउदै

सेयर गर्नुहोस


कृष्णनगर / फाल्गुन ५ । काेविड १९ विरुद्धकाे खाेप अभियानलाई सफल बनाउन अत्यधिक जाेखिममा रहेका स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा खटेर निरन्तरता दिदै आईरहेका छन ।
विभिन्न स्थानिय तह अन्तर्गतका स्वास्थ केन्द्र तथा अस्पतालमा काेविड विरुद्धकाे काेविशिल्ड खाेपलाई लगाउने अभियान जारि छ । स्वास्थ्यकर्मीहरु बढी जाेखिममा रहे तापनि राष्रव्यापी खाेप अभियान सफल बनाउन आफुहरु लागि परेकाे शिवराज अस्पताल खाेप केन्द्रकी फाेकल पर्सन गिता भट्टकाे भनाई छ।
कपिलवस्तु जिल्लाकाे कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका तथा कृष्णनगर नगरपालिका लगायतका स्थानिय तहमा खाेप अभियानले निरन्तरता पाएकाे छ।
पहिलाे चरणमा स्वास्थ्यकर्मी ,सरसफाइकर्मीलाई खाेप लगाइएकाे थियाे त्यसपछि दाेस्राे चरणमा कर्मचारी ,जनप्रतिनिधि ,सुरक्षाकर्मी , संघसंस्थाका कर्मचारी लगायतका लगाउदै आएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनु भएकाे छ ।
हाल शिवराज अस्पताल बाट लगभग ५५० जनाले खाेप लगाइसकेका छन भने थप खाेप निरन्तर लगाइदै आइएकाे छ ।

Facebook Comments Box