वनमा लागेको डढेलो बस्तीमा पस्दा पाल्पामा एक घरगोठ जलेर नष्ट

सेयर गर्नुहोस

पाल्पा । वनमा लागेको डढेलो बस्तीमा पस्दा पाल्पामा एक घरगोठ जलेर नष्ट भएको छ । मङ्गलबार निस्दी गाउँपालिका–१, बाकामलाङ जुरेडाँडामा स्थानीय दिलबहादुर सारुको घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
अपराह्न घरमा कोही नभएको अवस्थामा लागेको आगोले सारुको घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगोमा परी गोठमा रहेको एक वटा गाई, एक वटा भैंसी र साना पाठापाठी र माउ गरी २० वटा बाख्रा जलेर मरेको छ ।

घर भित्र रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडासँगै ३० हजार बराबरको नगद र डेढ तोलाको गरगहना समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो ।

आगोलागीबाट २५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । घर नजिकै जङ्गलमा लागेको आगो हावाहुरी चलेपछि बस्तीमा पसेको थियो । वैखरी

Facebook Comments Box