कक्षा १२ को परीक्षा नरोकिने

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने भएको छ। मंगलबार बिहान बसेको बोर्डको बैठकको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो।

बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

परीक्षा यही वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुँदैछ। शिक्षकहरूको २१ दिनदेखिको आन्दोलन र शिक्षामन्त्रीको राजीनामासँगै कक्षा १२ को परीक्षा सर्ने आशंका गरिएको थियो। थाहा खबर

Facebook Comments Box