मृत भेटिए गाउँपालिकाका कार्यालय सहयोगी

सेयर गर्नुहोस

काठमाडौं : खोटाङको रावाबेसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन्। रावाबेसी गाउँपालिका-१ कुभिण्डेका ५७ वर्षका रेग्मी गाउँकै बारीमा मृत भेटिएका हुन् ।

गोरेटो बाटोबाट करिब ८-९ मिटर तल बारीको भित्तामा अनुहार र घुँडाले जनिनमा टेकेकोअवस्थामा मृत भेटिएको वडाध्यक्ष वडाध्यक्ष गेहेन्द्रमान राईले बताए। दाइको घरबाट आइतबार बेलुकी करिब साढे ८ बजे चिया खाएर हिँडेका उनी सोमबार बिहान मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङले गोरेटो बाटोबाट लडेर उनको मृत्यु भएको हुनसक्ने अनुमान जनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले अनुसन्धान जारी रहेको बताए। थाहा खबर

Facebook Comments Box