जसपा द्वारा महाराजगन्जमा मसाल जुलुस

सेयर गर्नुहोस

धनी राम काेर कपिलवस्तु , २८ माघ 

कपिलवस्तुको महाराजगन्ज नगरपालिका मा जनता समाजवादी पार्टी द्वारा प्रधानमन्त्रीको असंवैधानिक काे बिरोध गर्दै मसाल जुलुस गरिएको छ।

प्रधानमन्त्री केपि शर्मा ओलि तथा राष्ट्रपति बिद्ययादेवी भण्डारीले पछिल्लो समय ब्यक्तिगत स्वार्थमा लिएको निर्णयको बिरोध मा गर्दै सो मसाल जुलुस महाराजगन्ज मा निकालिएको जनता समाजबादी पार्टी का क्षेत्रिय अध्यक्ष इन्द्रराम यादव ले जानकारी बताए ।

प्रतिनिधि सभा विघटनको विरुद्ध निरन्तर प्रदर्शन गरिरहेको जसपाले आज निकालेको मसाल जुलुसमा जसपाका नेता अाेमकार नाथ शुक्ला , रामबरण यादव युवा नेता इन्द्रराम यादव,अजित सिंह लगायत पार्टीका कार्याकर्ताहरु काे उपस्थिति रहेको थियोे ।

Facebook Comments Box