कपिलवस्तुमा भव्यताका साथ मनाईयो नेविसंघको ५६औं स्थापना दिवस

सेयर गर्नुहोस

कपिलवस्तु ।

नेपाल विद्यार्थी सघंको ५६औं स्थापना दिवस कपिलवस्तुमा अन्तरक्रिया तथा स्ववियु निर्वाचनका उम्मेदवारलाई सम्मान गरेर मनाईएको छ । उक्त कार्यक्रम जिल्लाको बुद्धभूमि नगरपालिका- ४ बुड्ढीमा रहेको नगरको सभाहलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम नेविसघंका जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेलको अध्यक्षता कपिलवस्तु क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री सुरेन्द्र राज आचार्यको प्रमुख अतिथ्यता र नेपाली काङ्ग्रेस कपिलवस्तुका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम, बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठको विशिष्ट अतिथितामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले नेविसंघ विधार्थीहरुको हकहितमा काम गर्ने लामो ईतिहास बाकेको संगठन रहेको भन्दै जिल्लामा नेविसंघलाई थप सुदृढ पार्ने दिशातर्फ अघि बढ्न निर्देशन दिएका थिए ।

कांग्रेस नेताहरुले आफुहरु नेविसंघको सदैव साथमा रहेको बताउँदै सबैलाई एकढिक्का भएर अघि बढ्न आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका नेताहरु, नेपाल विद्यार्थीको तर्फबाट स्ववियु निर्वाचनका उम्मेदवारहरु, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरू नेपाली कांग्रेस कपिलवस्तुका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय सभापतिहरू विद्यार्थी अगुवाहरू लगायतको सहभागितामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । वैखरी

Facebook Comments Box