भारतीय युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार !

सेयर गर्नुहोस

रुपन्देही । आज बिहान बुटवल उपमहानगरपालिका- ११ बुद्धनगरमा होटेल सञ्चालन गरेकी २९ वर्षीय टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भयो । बिहानै होटेल खोलेर सरसफाइ गर्न थालेकी उनलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवकले गोली हानेर भागेको छिमेकीले बताएका छन् ।
कम्मरमाथि गोली लागेपछि गम्भीर घाइते भएकी टिकाले घटनामा संलग्न ती युवा भारतीय नागरिक आलम अन्सारी भएको प्रहरीसमक्ष बताएकी छन् तर उनको अरू ठेगाना केही खुलेको छैन ।

स्थानीय र त्यो होटेलको घरभेटीका अनुसार गोली प्रहार गर्ने ती युवक यसभन्दा पहिले पनि त्यहाँ आइरहने र ती युवतीलाई मन पराउने गरेका थिए तर उनले अस्वीकार गरेको बताउँदै आएकी थिइन् । केही दिनअघि दुवै जनाबिच भनाभन पनि भएर पछि शान्त भएको थियो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुद्धनगरमा होटेल सञ्चालन आएकी विष्टको कम्मरमाथि गोली लागेको हो। अहिलेसम्म छिमेकी र प्रहरीको भनाइलाई आधार मान्दा र प्रहरीसमक्ष घाइते टिकाले भनेको व्यक्ति एउटै भएको अनुमान गर्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीका अनुसार ती युवतीलाई प्रेम चाहने भारतीय युवकबाटै गोली प्रहार भएको अहिलेसम्मको आकलन छ । वैखरी

Facebook Comments Box