बुटवलको बुद्धनगरमा रैनादेवी छहराकी एक युवतीमाथि गोली प्रहार
बुटवलको बुद्धनगरमा रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने एक युवती माथि गोली प्रहार भएको छ। बुटवल ११ बुद्ध नगरमा बस्दै आएकी टिका बिष्ट क्षेत्री माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।उनको कम्मर माथि गोली लागेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बिष्ट माथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ईन्द्र बहादुर रानाले बताए ।
केहि दिनअघि एकजना भारतीय युवकसँग विवाद भएको जनाउँदै स्थानीय प्रत्यक्षदर्शीले भारतीय युवकले नै गोली हानेको हुनसक्ने आशंका गरेको बताएका छन।गोली प्रहारमा संलग्नको खोजी भैरहेको प्रहरीले बताएको छ। वैखरी
Facebook Comments Box
