मधेशी-मुस्लिमकाे उत्थान दलाल र बिचाैलियाकाे सरकारलाई मन परेन : पुर्वप्रम प्रचण्ड
अँकुश श्रीवास्तव
कपिलवस्तु , बैशाख ५ ।जिल्लाकाे बहादुरगंजमा माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दहाल “प्रचण्ड”ले मधेशी-मुस्लिमकाे उत्थान दलाल र बिचाैलियाकाे सरकारलाई मन नपरेकाे बताउनुभयाे ।
आज जिल्लाकाे बहादुरगंजमा हुलाकी राजमार्ग केन्द्रित जनतासंग तराई-मधेश जनजागरण कार्यक्रमकाे सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल “प्रचण्ड”ले दलाल र विचाैलियाकाे किनबेचमा बनेकाे वर्तमान सरकारलाई मधेशी-मुस्लिम लगायत परिश्रमी किसानकाे उत्थान मन नपरेकाे आराेप लगाउनु भएकाे छ ।
सभालाई सम्बाेधन गर्दै अध्यक्ष दहालले वर्तमान सरकार फेल भईसकेकाे र आफै आफ्नाे भारि थेग्न नसकेकाले छिट्टै धरासायी हुने पनि बताउनु भयाे ।
आफू सरकारमा हुदा भारतका प्रधानमन्त्री नरेन्द्रमाेदीसंगकाे वार्तामा हुलाकी सडक निर्माण गर्न आवश्यक रहेकाले फर्क्ने लगत्तै निर्माण कार्य शुरु भएकाे थियाे । हुलाकी सडक वरपरका जनता मधेशी , मुस्लिम , किसान रहेकाले वर्तमान सरकारले उपेक्षा गर्दै आएकाे हाे । त्यही भएर हुलाकी केन्द्रित तराई-मधेश जागरण कार्यक्रम आयाेजना गरि राज्यका उपेक्षित समुदायकाे आवाजलाई समेटेर २०६४ काे निर्वाचन भन्दा उत्कृष्ट प्रदर्शनका साथ ८४मा पास गर्न हुन उपस्थित समर्थकसंग माफि माग्दै अनुराेध समेत गरेका हुन ।
सभामा वरिष्ठ नेता एवं पुर्व सभामुखद्वय अग्नि सापकोटा , कृष्णप्रसाद महरा , केन्द्रीय सदस्य रुद्र बन्जाडे, गंगा दहाल, एहसान खां, नुर माेहम्मद खां, संजय गुप्ता, रहिश शाह लगायत नवप्रवेशी र सबै तहका माओवादी केन्द्रका नेता पदाधिकारी ,वाइसिएल कार्यकर्ता समेतकाे उपस्थिति थियाे ।




