चोरमारा-नारायणगढ ४२ किलोमिटर सडक एकतर्फी कालोपत्रको काम पूरा
नवलपरासी । निर्माणाधीन बुटवल-नारायणगढ सडकको चोरमारा-नारायणगढ ४२ किलोमिटर सडक एकतर्फी कालोपत्रको काम पूरा भएको छ।
आयोजना निर्देशक चुडाराज ढकालका अनुसार नारायणगढदेखि चोरमारासम्मको ४२ किलोमिटर सडक कालोपत्र गर्ने काम बिहीबार सकिएको हो । एकातर्फी कालोपत्रे भएपछि अब नारायणगढबाट चोरमारा ३५ मिनेटमा पुगिने छ ।
ढकालले महेन्द्रराजमार्ग अन्तर्गत निर्माणाधीन अवस्थाका सबै जसो पुल निर्माणको काम वर्षा अगावै सक्ने लक्ष्य रहेको दाबी गरे । उनले दाउन्ने सडक खण्डको १४ किलोमिटर सडकमध्ये कम्तीमा ७ किलोमिटर सडक निर्माणको काम आगामी वर्षा अगावै सक्नेगरी काम भइरहेको बताए।
बर्दघाटबाट दाउन्ने बजार क्षेत्रमा धमाधम काम भइरहेको छ । हाल बर्दघाट दुम्किबास सडकको दाउन्ने खण्डमा काम फटाफट भइरहेको छ भने दाउन्ने बजारदेखि पूर्व दुम्कीबाससम्मको क्षेत्रको पहाडमा बायाँतर्फ पर्खाल उठाउने काम भइरहेको छ। वैखरी
