चैत्र महिनामा १२२ फरार प्रतिवादी पक्राउ , ४ लाख राजस्व संकलन

सेयर गर्नुहोस

अरुण श्रीवास्तव
कपिलवस्तु , बैशाख २ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज पत्रकार सम्मेलन गरि मासिक प्रगति विवरण प्रस्तुत गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाे सभाहालमा प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन मणि अधिकारीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहता प्रहरी इकाईहरुबाट सम्पादन भए गरेको चैत्र महिनाको प्रगति विवरण प्रस्तुत गर्नुभएकाे छ ।
आज पत्रकारसंग भेटघाट कार्यक्रममा साे विवरण सार्वजनिक गर्दा प्रवक्ता अधिकारीले चैत्र महिनाभित्र कुल १२२ फरार प्रतिवादी पक्राउ गरि जेल पठाइएकाे जानकारी गराउनुभयाे ।
उनले प्रतिवादीहरुबाट ४ लाख ७ हजार ६२ रुपैयाँ जरिवानासमेत असुल गरिएकाे बताउनुभयो । साथै जिल्ला ट्राफिक कार्यालयले विभिन्न किसिमका कार्यवाहीमा रु २१ लाख बराबरकाे राजस्व संकलन गरेकाे पनि जानकारी गराउनुभयाे ।

Facebook Comments Box