सेवा निवृत्त भए सचिव पोखरेल

सेयर गर्नुहोस

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सेवा निवृत्त भएका छन्।

सचिवको ५ वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका हुन्। २०७७ वैशाख २ गते प्रशासन सेवाको विशिष्ट श्रेणी सचिवमा बढुवा भएका पोखरेल मंगलबारबाट सेवानिवृत्त भए।

पोखरेलको ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा हुने लाइनमा छिन्।

वैशाख महिनामा पोखरेलसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र महालेखा नियन्त्रक डा। गणेशप्रसाद पाण्डे सेवानिवृत्त हुँदैछन्। सिंह वैशाख २५ र पाण्डे वैशाख ३० गते ५८ वर्षे उमेर हदका कारण घर जान लागेका हुन्।

जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवाल जेठ ६ गते सेवानिवृत्त हुँदैछन्। गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट जेठ २४ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

कानुन सचिव उदयराज सापकोटा जेठ २८ र संसद् सेवाका सचिव सुदर्शन खड्का जेठ ३० गते अनिवार्य अवकाशमा जाँदैछन्। थाहा खबर

Facebook Comments Box