हुम्लामा स्काभेटर पल्टिँदा हुँदा २ जनाको मृत्यु

सेयर गर्नुहोस

हुम्ला : हुम्लाको चंखेली गाउँपालिका–२ लोतीमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिए।

स्काभेटर मुगु छायाँनाथ नगरपालिका–१४ का नन्दलाल बडुवालको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

गएराति भएको दुर्घटनामा स्काभेटर चालकको अवस्था भने सामान्य छ । अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थाहा खबर

Facebook Comments Box