कपिलवस्तु शिवराज–६ का आमा समूहलाई त्रिपाल वितरण
कपिलवस्तुको शिवराज नगरपालिका–६ को वडा कार्यालयको आर्थिक सहयोगमा १२ वटा आमा समूहलाई त्रिपाल वितरण गरिएको छ ।
विरपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा वडाध्यक्ष माहेताब आलम खाँले त्रिपाल वितरणबाट आमा समूहहरूको बैठक, स्वास्थ्य सचेतना कार्यक्रम तथा अन्य गतिविधि सञ्चालनमा सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
साथै, कार्यालय सहयोगीलाई साइकल वितरण गरिएको जानकारी दिँदै वडाअध्यक्ष खाले भन्नुभयो, “स्वास्थ्य चौकीको दैनिक सञ्चालन र सामाग्री ढुवानीमा सहयोग पुगोस् भनेर साइकल उपलब्ध गराएका हौं।”
विरपुर स्वास्थ्य चौकीका इञ्चार्ज राजेश कुँवरले आमा समूहहरू मार्फत स्वास्थ्य शिक्षा र सचेतना प्रवाह गर्न सकिने भएकाले उनीहरूलाई सशक्त बनाउनु आवश्यक रहेको बताउनु भयो ।
कुवरले अनुसार स्थानीय स्तरमा स्वास्थ्य समस्या समाधानमा आमा समूहहरूको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
सिएहेव पुनम पोखरेलले आमा समूह र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले मातृ–शिशु मृत्यु दर घटाउने अभियानमा टेवा पुगेको उल्लेख गर्दै, यस्तो खालका सहयोग र सहभागिता निरन्तर हुनुपर्ने धारणा राख्नुभयो ।
स्वास्थ्य सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रत्येक वडाका आमा समूहका अध्यक्ष, सचिव तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।
त्रिपाल वितरणले स्थानीय स्वास्थ्य सेवा तथा महिला सशक्तीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको छ । न्युजसेन्टर
