कमल थापाले जिते सिङ्गल र डबल्सतर्फको टेनिस उपाधि

सेयर गर्नुहोस

काठमाडौं राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ वर्ष उमेर समूहको सिङ्गल र डबल्स दुवैतर्फको टेनिस उपाधि जितेका छन्।

मण्डिखाटारमा आयोजित एमेचुएर टेनिस टुर्नामेण्ट–२०२५ मा मा थापाले ६५ वर्ष उमेर समूहको भेट्रान्स सिङ्गल र डबल्स दुवै उपाधि जितेका हुन्।

फाइनल खेलमा सिङ्गलतर्फको फाइनलमा कर्मा घलेलाई ६-०,६-० को सोझो सेटमा पराजित गरे। यसैगरी डबल्सतर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडिलाई ६-२, ६-३ को सेटमा जित निकाले।

थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखी निरन्तर आफ्नो उमेर समूहको शीर्ष स्थानमा छन् । थाहा खबर

Facebook Comments Box