विजयनगर-कृष्णनगर सिमानामा काठ तस्करी , प्रशासन माैन

सेयर गर्नुहोस

कपिलवस्तु , चैत्र ३०। जिल्लाकाे पश्चिमी सिमानाबाट भारतीय जंगलकाे प्रतिबन्धित काठकाे तस्करी शुरु भएकाे छ ।
नेपाल-भारत सिमा क्षेत्रका कपिलवस्तु जिल्लाकाे पश्चिमी स्थानिय तह कृष्णनगर नगरपालिका र विजयनगर गाउंपालिकाकाे क्षेत्रमा पर्ने चरंगाहवा नदी डिलहरु फाइदा उठाउदै व्यापक रुपमै भरातीय जंगलका काठ तस्करि शुरु भएकाे छ।
भारतीय सिमासंग सटेकाे कृष्णनगर नगरपालिका वडा १२ का सिमा तथा विजयनगर गााउपालिकाकाे गेडुवाजाेत हुदै अवैध रुपमा भारतिय जंगलबाट धेरै मात्रामा खैर, टिक र कालाे सिसमकाे काठ तस्कारी हुँदै आएकाे स्राेतले जनाएकाे छ।
नेपाल वारि जंगल नै नभएकाे त्यसक्षेत्रमा नेपाल-भारत सिमाक्षेत्र नजिकै दर्जनौं काष्टमिलहरु स्थापित भएर नेपाल प्रहरी चाैकी ठकुरापुर र सशस्त्र प्रहरी बल डालपुर र सेक्टर सबडिभिजन कार्यालय ठकुरापुरसमेतकाे मिलिमताेमा ती सा- मिल र फर्निचर उद्योगहरु काठ तस्करी धन्धा चलाउदै आएका छन ।
तस्करहरुलाई माेटाे रकम दिएर राति भारतीय जंगलबाट अधिकांश खैरका गुलिया साइकलबाट ढुवानी हुन्छ र नजिककाे आबादि वन परालमा लुकाइ छिपाई राख्छन त्यसपछि बिस्तारै मिल र फर्निचर उद्योगमा जाने गरेकाे स्राेतकाे दाबी छ । केही तस्करहरु खुलारुपमै भारतीय काठ गुलिया ल्याउने र नजिकका फर्निचर उद्योगमासमेत बेच्ने गरेका छन भने केही मिलहरुले आफ्नै मान्छे राखेर सुरक्षा निकायका सिविल (घुुमुवा)संग सेटिङ्ग गरि अवैधरुपमा भारतीय खैर र टिकका गुलिया तस्करी गराउदै आएपनि वन कार्यालयसमेत माैन सहमति दिएकाे छ ।
सिमाना नजिकका फर्निचर उद्योगहरुले सुरक्षाकर्मी लगायतका सरकारी कर्मचारी समेतका लागि बेड, साेफा, टेबल बनाई महंगाे दरमा बेच्दै आएका छन ।

Facebook Comments Box