सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा स्ववियु निर्वाचन जारीकेन्द्रीय क्याम्पसमा तालाबन्दीले स्थगित
काठमाडौं : सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ।
विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा सार्वजनिक तालिकाअनुसार आज बिहान ८ बजेदेखि मतदान भइरहेको हो।
निर्वाचन केन्द्रीय क्याम्पससहित १६ वटा क्याम्पसमा तोकिएको थियो। त्यस्तै, तीन क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ।
तर, विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने अनेरास्ववियू एकीकृत समाजवादीनिकट र नेकपा निकटअखिल समाजवादीले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले वास्तविक विद्यार्थीलाई मतदान गर्न नदिने प्रयास भएको आरोप लगाउँदै विरोधस्वरूप तालाबन्दी गरेका हुन्। थाहा खबर
Facebook Comments Box
