दाउन्ने सडक आजदेखि दिउँसो चार घण्टा बन्द

सेयर गर्नुहोस

रासस
|

त्रिवेणी : नारायणगढ-बुटवल सडक दाउन्ने खण्डमा म‌ंगलबारदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ।

नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड मंगलबारदेखि चैत ३१ गतेसम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ।

वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ। थाहा खबर

Facebook Comments Box