राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन शिवराज द्वारा सम्मान कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

चन्द्राैटा । कपिलवस्तु जिल्लाकाे चन्द्राैटामा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन शिवराज द्वारा सम्मान कार्यक्रम गरिएकाेे छ ।
शिवराज नगर कार्यसमिति राष्ट्रिय प्रजातन्त्र सम्बद्ध ट्रेड युनियन द्वारा शिवराज नगरपालिका मा उत्कृष्ट कार्य गर्ने लाई एक कर्यक्रम गरी सम्मान गरेको छ। उक्त सम्मान कार्यक्रम प्रजातान्त्रिक ट्रेड युनियन शिवराज नगर कार्यसमिति का अध्यक्ष चिन्नी लाल पाल को अध्यक्षता शिवराज नगरप्रमुख अजय थापा को प्रमुख आथित्यता र वडा प्रहरी कार्यालय चन्द्रौटा प्रहरी निरीक्षक सुजन विक्रम शाह को विशिष्ट आथित्यतामा भएको हो । शिवराज नगर पालिका भित्र विभिन्न क्षेत्र मा कार्य गर्नुहुने लाई सम्मान गरिएको थियो, रियल नायक को रूपमा नगर प्रमुख अजय थापा, रियल सिंघम को रूप मा वडा प्रहरी प्रमुख सुजन विक्रम शाह, र रियल हिरो को रूप मा शिवराज बारुण यन्त्र का चालक राजेन्द्र पटेल कुर्मी लाई खाँदा ओढाइ माया को चिनो दिएर सम्मान गरिएको थियो। कार्यक्रम मा बोल्दै नगर प्रमुख थापा, आफूलाई निःशुल्क रूप मा जनता ले निर्वाचित गराएको हुनाले , शिवराज नगरपालिका ले निःशुल्क शिक्षा र स्वास्थ्य प्रदान गरेको हो , सधैं जनता प्रति उत्तदायी रही कार्य गरिरहेको बताउनु भयो । तस्तै रियल सिंघम को रूप मा आप्नो छुट्टै पहिचान स्थापित गर्नु भएका सुजन विक्रम शाह ले यो समाज मा अपराधमुक्त , भयमुक्त गर्न को निम्ति प्रहरी आफूले मात्रै नभएर यस समाज का सम्पूर्ण को साथ सहयोग र सहकार्य ले मात्रै सम्भव हुने जिकिर गर्नु भयो , यो सम्मान कार्यक्रम ले थप जिम्मेदारी प्रदान गरेको ले आफूले अब यो भन्दा पनि उत्कृष्ट कार्य गर्ने बताउनु भयो , त्यस्तै रियल हिरो को रूप मा भाइरल हुनु भएका बारुणयन्त्र का चालक राजेन्द्र पटेल कुर्मी ले आफूले विगत ८ वर्ष देखि इमान्दारी पूर्वक कार्य गर्दै गरेको अवस्थामा पहिलो पटक आप्नो कार्य को मूल्यांकन गरी सम्मान गरेको मा खुसी हुँदै धन्यबाद व्यक्त गर्नु भएको थियो । कार्यक्रम मा सुनिल कुमार शुक्ला , प्रभु गुप्ता , समाजसेवी राम चरित्र मौर्य, दामोदर मिश्रा , शिवराज नगर खेलकूद संयोजक सन्तोष चौधरी , राप्रपा बिधार्थी संघ्ठन केन्द्रीय सदस्य पुरन आचार्य , भुवन पौडेल, सरोज रेग्मी , प्रकाश पासी, सुशिल पुन मगर , बलभद्र मिश्रा, गया प्रसाद , खेमराज ठाकुर , कृष्ण गुप्ता, बाबु पाल, सुरेश खाती , अन्नपूर्ण मिश्रा लगायत को उपस्थिति रहेको थियो।

Facebook Comments Box