भैरहवामा अन्तर्राष्ट्रिय उडान रोकिएसँगै स्थानीय आक्रोशित

सेयर गर्नुहोस

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिएसँगै जनस्तरमा सरकारप्रति आक्रोश बढ्न थालेको छ । एक साताअघि नागरिक उड्डयन प्राधिकरणले भैरहवाबाट ‘समर सेड्युल’ स्थगित गरेपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान ठप्प छन् ।

विमानस्थल नियमित सञ्चालनका लागि दबाब सिर्जना गर्दै आएको सिद्धार्थ सञ्जाल रुपन्देहीले ५० भन्दा बढी संघ–संस्थासँगको समन्वय बैठक राखी विमानस्थल नियमित सञ्चालन गर्न दबाब दिने निष्कर्ष निकालेका छन् । भैरहवाबाट उडान भए पनि निरन्तरता पाउनेमा शंका व्यक्त गर्दै आएका व्यवसायीले आन्दोलनको तयारी गरेका छन् ।
छलफलमा नागरिक उड्डयन प्राधिकरणले भैरहवाबाट एक महिनाअगाडि नै ‘समर सेड्युल’का उडान कटाएको सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । विमानस्थल नियमित सञ्चालनमा नआउँदा पर्यटन क्षेत्र धराशायी मात्र नभएर घरबारविहीन हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

यात्रुलाई श्रम, मेडिकल, ओरियन्टेसन र भिसा सेन्टरको कामका लागि संघीय राजधानी नै धाउनुपर्ने बाध्यता रहेको छ । विमानस्थल सञ्चालनका लागि सरकारले तत्परता नदेखाएको सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले बताए । वैखरी

Facebook Comments Box