बाणगंगाको चारनम्बरमा ‘कपिलवस्तु म्युजिक एकेडेमी’ संचालनमा आउँदै
जिल्लाको बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा कपिलवस्तु म्युजिक एकेडेमी संचालनमा आउँदै छ । आगामी वैशाख पहिलो साताबाट कपिलवस्तु जिल्लामै पहिलो पटक गायनतर्फको एकेडेमी संचालनमा आउन लागेको हो ।
गायनमा रुचि भएकाहरुका लागि मध्येनजर गर्दै एकेडेमी संचालनमा ल्याउन लागेको संचालक महेन्द्र बेल्वासेले वैखरीलाई बताए । उनले गायनमा भविष्य खोज्नेहरुका लागि यस एकेडेमीले आधार प्रदान गर्ने बताए ।
उनले म्युजिकको बेसिकदेखि एडभान्ससम्मका कक्षाहरु हुने जानकारी दिए । साथै हार्मोनियम, गितार, तबला, मादलका कक्षाहरु समेत हुने उनले बताए । कुनै पनि उमेर समूहका व्यक्तिहरुले म्युजिक क्लास लिन सक्ने उनको भनाई छ ।
उनले हाल धमाधम भर्ना प्रक्रिया चलिरहेको बताउँदै ईच्छुक व्यक्तिले सम्पर्क गर्न सक्ने बताए । वैखरी
Facebook Comments Box
