नसर्ने राेग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा समपन्न
अरुण श्रीवास्तव
कपिलवस्तु , चैत्र २३ । जिल्ला स्वास्थ्य कार्यालयले आयाेजना गरेकाे नसर्ने राेग सम्बन्धि पत्रकारसंगकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।
कपिलवस्तु जिल्लाभित्र नसर्ने राेग सम्बन्धि जनचेतनामुल्क सुचना सन्देश र समाचारका माध्यमले सर्वसाधारणलाई सुसूचित गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएकाे स्वास्थ्य कार्यालय प्रमुख गाेैरव ढकाल
बताउनुभयाे ।
देशै भरि नसर्ने राेगबाट मृत्यु हुनेमा सबैभन्दा बढी मुटुजन्य राेगका छन भने दाेस्राेमा फाेक्साे सम्बन्धि राेगबाट र तेस्राेमा क्यान्सरबाट हुने छन । सर्वसाधारणले सामान्य देखेपछि तुरुन्त नजिककाे स्वास्थ्य संस्थामा चेकजाँच गराउन नजांदा नै मृत्युसमेत हुने गरेकाे मलेरिया निरिक्षक रतनलाल शर्माले बताउनुभयाे ।
सहजर्कता शर्मा ले शरिरमा काेलेस्टरल, सुगर , यरिन , लिपिड प्राेफाइल लगायतका टेस्ट गराएर नसर्ने राेग बाट वचन सकिने बताए ।
खानपिन सम्बन्धि प्रयाप्त चेतनाकाे अभाव, नसर्न राेग ब्लडप्रेसर , डायबिटिज, मृगाैला, मुटु सम्बन्धि सामान्य लक्षणलाई नजरअन्दाज गर्दा नसर्ने राेग जटिल बन्दै गएकाे छ । जसकारण बर्षेनी लाखाैं नेपालीले अकालमै ज्यान गुमाउनु परेकाे छ ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुषाल , उपाध्यक्ष खगप्रसाद चपागाई , लुम्बिनी प्रदेशका पुर्वअध्यक्ष बसन्तगिरि लगायतका पत्रकारकाे उपस्थिति थियाे ।
