बॉर्डर आउट पोस्ट कृष्णनगर द्वारा अबैध माछा बरामद

सेयर गर्नुहोस

प्रिन्स मिश्रा , कृष्णनगर कपिलवस्तु ( लुम्बिनी प्रदेश )

बॉर्डर आउट पोस्ट कृष्णनगरको गस्ती टोलीले कृष्णनगर नगरपालिका वडा नं १ डुमाईबाट अबैध माछा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुणराज तिमिल्सिनाको कमाण्डमा खटिएको गाडी मोबाईल टोलीले १५:३० बजे भारतबाट अवैध तरिकाले नेपाल भित्रयउदै गरेको अवस्थामा अंदाजी ८० हजार बराबरको २५० किलो माछा बरामद गरि नस्ट गरेको सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरका प्रहरी निरीक्षक प्रकाश आर्चायले जानकारी दिनुभएको छ ।
जनप्रतिनिधि , पशु क्वारेन्टाइनका प्रतिनिधि , स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा नष्ट गरिएको हो ।
आफूहरु अवैध क्रिया क्लाप  रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको निरीक्षक प्रकाश आचार्यले जानकारी दिनुभएको छ ।

Facebook Comments Box