भीरबाट लडेर एकजनाको मृत्यु

सेयर गर्नुहोस

काठमाडौं : दोलखाको गौरीशङकर गाउँपालिकामा भीरबाट लडेर एकजनाको ज्यान गएको छ।

मंगलबार भीरबाट लडेका गौरीशंकर–१ जुगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको उपचारको क्रममा राति ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार दिउँसो ३ बजे घरबाट घाँस काट्न गएका कार्की गाउँको तिरेपु भीरबाट तल खसेर घाइते भएका थिए।

लडेर घाइते भएका कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो। उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। थाहा खबर

Facebook Comments Box