श्रीमानको मृत्युपछि सदस्यलाई मेरो माइक्रोफाइनान्सको काजकिरिया

सेयर गर्नुहोस


साेनकुमारी थारू

दाङ,
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बनगाउँ दाङ शाखाले बिमा दाबी रकम हस्तान्तरण गरेको छ । जिल्लाको लमही नगरपालिका–३, नारायणपुर गाउँ निवासी टुङकली डागीलाई मंगलबार लघुवित्त वित्तीयले हस्तान्तरण गरेको हो । मेरो नारायणी महिला केन्द्रमार्फत बचत तथा कर्जा कारोबार गर्दै आएकी डागीका श्रीमानको लिल बहादूर डागी क्षेत्री २०८१ षौष १६ गते दुर्घटनामा परि निधन भएपछि काजकिरियास्वरुप २१ हजार रुपैया हस्तान्तरण गरिएको शाखा शाखा प्रबन्धक सन्तोष पोख्रेलले जानकारी दिए ।

उनका अनुसार डागी २०७४ सालदेखि समूहमा आबद्ध भई लघुवित्तीय कारोबार गर्दै आएकी छन् । बिमा दाबी रकम हस्तान्तरण गर्दै लघुवित्त वित्तीय संस्थाका प्रबन्धक पोख्रेलले संस्थाले सदस्यहरूको हितका लागि आवश्यक सेवाहरू उपलब्ध गराउने गरेको बताए । डागीले लघुवित्त वित्तीयले दुःखद समयमा परिवारमा मलम पट्टी लगाइ दिएकोमा धन्यवाद व्यक्त गरिन् । हाल यस माइक्रोफाइनान्सले देशभरका ६४ जिल्लामा १४९ शाखामार्फत १ लाख ८० हजारभन्दा बढी घरपरिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।

Facebook Comments Box