कपिलवस्तुमा ईद उल्लास

सेयर गर्नुहोस

मनोज पौडेल, कपिलवस्तु ।

ईदका दिन मुस्लिम बहुल्यता रहेको कपिलवस्तुको तौलिहवास्थित ईदगाह र मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू भेला भएर प्रार्थना गरेका छन् । ईद पर्वकै कारण ईदगाह र मस्जिद उल्लासमय बनेका छन् ।

ईदका दिन सोमबार, मुस्लिम धर्मावलम्बीहरूले कपिलवस्तु नगरपालिकाको बसपार्कस्थित ईदगाह र छोट्की तौलिहवास्थित मस्जिद पुगेर नमाज पढेका छन् । सानादेखि लिएर ठूला सबैले बिहानै स्नान गरी सफा भई नयाँ कपडा लगाएर पुगेका थिए।

सबैले धार्मिक विधिपूर्वक नमाज पढे। त्यसपछि सबैजनाले अंगालोमा बाँधी, गला मिलाएर खुसीयाली साटासाट गरे। गरिब र विपन्नलाई दान दिइयो ।

छोट्की तौलिहवामा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा महिलाहरू पनि पुगेर धार्मिक विधिपूर्वक सामूहिक नमाज पढेका थिए । नमाज स्थलमा शुभकामना आदानप्रदान गर्न पूर्वमन्त्री र संघीय सांसद सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डे र नेकपा एमाले अध्यक्ष बाबुराम खनाल पनि उपस्थित भएका थिए । वैखरी

Facebook Comments Box