त्रिशक्ति सामुदायिक वनको अध्यक्षमा नाथुराम थारु निर्वाचित

सेयर गर्नुहोस

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका- ८ मा रहेको त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा नाथुराम चौधरी थारु निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा निकटत्म प्रतिद्धन्द्धी अमर बहादुर बस्नेतलाई पराजित गर्दै थारु अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

थारुले ४७३ मत प्राप्त गरे भने बस्नेतले ४३१ मत पाए ।

यस्तै उपाध्यक्षमा ज्वारीलाल घिमिरे, सचिवमा भगवता बेल्बासे पौडेल, कोषाध्यक्षमा मिना पौडेल र सहसचिवमा सरस्वती शाही निर्वाचित भएको जनाईएको छ । वैखरी

Facebook Comments Box