हिंसात्मक घटनाको अनुसन्धान गर्न नागरिकसँग नेपाल प्रहरीद्वारा सूचना माग

सेयर गर्नुहोस

काठमाडौं : शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनामा अनुसन्धान गर्न नेपाल प्रहरीले सूचना माग गरेको छ।

नेपाल प्रहरीले एक सुचना जारी गर्दै प्रहरीले फोटो, भिडिओ, संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन माग गरेको हो।

‘मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरूसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध छ,’ भनिएको छ।

यस्तै सूचना र सूचनाकर्ताको गोपनीयता कायम राखिने पनि प्रहरीले जनाएको छ।थाहा खबर

Facebook Comments Box