चिसो बढेपछि सशस्त्र प्रहरीले मिलाए आगो ताप्ने व्यवस्था

सेयर गर्नुहोस

प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु  । अत्याधिक चिसो बढेपछि बॉर्डर आउट पोस्ट भिल्मीले  सार्वजनिक स्थानहरुमा आगो बाल्ने अभियान सुरु गरेको छ l चिसो र शितलहर बढेपछि जिल्लाकाे जनजीवन प्रभावित बन्न पुगेकाेले  बिओपी भिल्मीले विभिन्न स्थानहरुमा  दाउरा बालेर स्थानीयलाई आगो ताप्ने व्यवस्था मिलाएको बॉर्डर आउट पोस्ट भिल्मीका प्रहरी निरीक्षक त्रिलोचन पोखरेलले जानकारी दिनुभएको छ  ।

उनले चिसो बढेका कारण स्थानीयहरुलाई चिसोकै कारणले समस्या परेकाले आफूले कर्मा चौक,भिल्मी चौक,कुशवा लगायत विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको उनले बताए । बिओपी भिल्मीले  सार्वजनिक चोक , मानिसहरुको जमघट हुने स्थानहरुमा आगो बाल्दै आएको छ र  चिसो कम नहुन्जेल सम्मा  यसलाई निरन्तरता दिने प्रहरी निरीक्षक त्रिलोचन पोखरेलले जानकारी दिनु भएको छ ।

 

Facebook Comments Box