खाद्यान्न अभाव कम गर्न उत्तरपूर्वी युगाण्डामा चीनद्वारा चामल हस्तान्तरण
एजेन्सी
|
चीनले युगाण्डाको अर्ध–सुक्खा उत्तरपूर्वी क्षेत्र कारामोजालाई १ हजार ६१० मेट्रिक टन चामल प्रदान गरेको छ। जहाँ हजारौँ मानिसहरू खाद्यान्न अभावसँग संघर्ष गरिरहेका छन्।
युगाण्डाका लागि चिनियाँ राजदूत झाङ लिझोङले संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम गोदामहरूमा आयोजित एक कार्यक्रममा युगाण्डाका प्रधानमन्त्री रोबिना नाब्बान्जाको प्रतिनिधिलाई चामल प्रदान गरेका हुन्।
झाङले प्रधानमन्त्री कार्यालयको अनुरोधको प्रतिक्रियामा यो दान गरिएको बताए। २०२१ मा चीनले युगान्डालाई २० लाख अमेरिकी डलर बराबरको राहत खाद्यान्न दान गरेको थियो। जसले गर्दा यस क्षेत्रभरका ३०० विद्यालयका १ लाख २० हजार भन्दा बढी बालबालिकालाई फाइदा पुगेको थियो। थाहा खबर
Facebook Comments Box
