पोखराबाट अपहरणमा परेकी अमेरिकाकी वृद्धा मुक्त, एक महिला पक्राउ

सेयर गर्नुहोस

काठमाडौं : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीबाट प्रहरीले अमेरिकी नागरिकलाई अपहरणमुक्त गरेको छ। प्रहरीले अमेरिकी मूलकी ७० वर्षीया वृद्धालाई मुक्त गरी अपहरणको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीले अपहरणमा संलग्न भएको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३७ की सरिता लामालाई पक्राउ गरेको हो। पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित एक होटेलबाट सोमबार उनी अपहरणमा परेकी थिइन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा ती वृद्धालाई अपहरणमुक्त गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी गराएपछि ती महिलासहित अपहरणमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको जानकारी दिए।

साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा पोखरा महानगरपालिका- ६ लेकसाइडस्थित एक होटेलबाट सोमबार अपहरणमा परेकी थिइन्। अपहरणपछि उनीसँग तीन लाख युरो फिरौती माग गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी गराएको थियो। प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको हो। थाहा खबर

Facebook Comments Box