प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख
काठमाडौं : प्रतिनिधिसभामा जारी अवरोध खुलाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्।
प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बुधबार संसदमा अवरोध गरेका थिए। प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ। थाहा खबर
Facebook Comments Box
