मदनकृष्ण श्रेष्ठ भन्छन् : एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम ‘कुलमान घिसिङ’

सेयर गर्नुहोस

काठमाडौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम ‘कुलमान घिसिङ’ भएको बताएका छन्।

घिसिङसँग फोटो सेयर गर्दै श्रेष्ठले हरेक लक्ष्मी पूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झिने विशेष नाम पनि ‘कुलमान घिसिङ’ रहेको बताएका हुन्।

उनले लेखेका छन्, ‘ लोडसेडिङ जस्तो अलोकप्रिय विषयलाई हटाएर लोकप्रिय बन्न सफल व्यक्ति हुन ‘कुलमान घिसिङ।‘

‘एउटा समारोहमा माइकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो। बतीहरू सबै निभे। लोड सेडिङ भएको थिएन टुपिनको तार मात्र छुटेको रहेछ। एक छिन तार मात्र छुटेर बत्ति निभ्दा पनि सबैले कूल मान घिसिङको नाम लिएका थिए’, उनले अगाडि लेखेका छन्, ‘ नेपालको अँध्यारो रातहरूलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त ‘कुलमान घिसिङ’। कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन् है सरकार ! पटक्कै खुशी छैनन्।‘ थाहा खबर

Facebook Comments Box