३ महिनापछि भोजपुरमा उडान शुरु
टक्सार : बन्द भएको ३ महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा हवाई उडान फेरि शुरु भएको छ।
गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आज उडान शुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए। उनका अनुसार भोजपुरमा अब नयाँ तालिकाअनुसार उडान हुनेछ।
विसं २०३५ देखि उडान शुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ।
५४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान गर्दैनन्। उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका विरामी र यात्रुहरु मारमा परेका थिए।
निगमका दुईवटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ। थाहा खबर
Facebook Comments Box
