रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पार्‍यो

सेयर गर्नुहोस

एजेन्सी

युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ। रुसले उत्तर-पूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर गरेको आक्रमणमा थुप्रै मानिस घाइते भएका छन्।

सोमबार बिहान सुमी शहरमा भएका आक्रमणमा दर्जनौँ मानिस घाइते भएका थिए । त्यसपछि पनि रुसले आक्रमणलाई निरन्तरता दिइरहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनका विदेशमन्त्री आन्द्रैई सिबिहाले रुसले आक्रमण जारी राखेको भन्दै खोक्रो शान्तिवार्ताको आरोप लगाएका छन् ।

अमेरिका र रुसबीच साउदी अरबको रियादमा वार्ता सम्पन्न भएको छ, जसमा सन् २०२२ को अनाजसम्बन्धी सम्झौता कार्यान्वयनमा जोड दिइएको थियो । यो सम्झौतामा युक्रेनलाई ब्ल्याक सीबाट आफ्नो अनाज निर्यातको अनुमति दिइएको थियो।

यसको बदलामा रुसले अमेरिकासहित पश्चिमा देशहरुबाट लगाइएका प्रतिबन्ध फुकुवा चाहन्छ । रुस र अमेरिकाबीच रियादमा १२ घण्टासम्म वार्ता चलिरहँदा युक्रेनमा भने आक्रमण भइरहेको अधिकारीहरुले जनाएका छन्। थाहा खबर

Facebook Comments Box