लुम्बिनी विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

काठमाडौं : ग्लोबल मनी विकको अवसरमा लुम्बिनी विकास बैंक लिमिटेडलेआफ्ना विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

सन् २०१२ देखि अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेण्ट(ओईसीडीसी) को संयोजनमा मनाउन शुरु गरिएको ग्लोबल मनी विकको तेह्रौँ संस्करण यही चैत्र ४ देखि १० गतेसम्म आयोजना भएको हो। साताव्यापी कार्यक्रम मार्फत करिब एक हजार युवा विद्याार्थीलाई बैंकिङका विभिन्न पक्षबारे जानकारी प्रदान गरेको बैंकले बताएको छ।

नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय तथा स्थानीयस्तरमा बैंक तथा वित्तीय संस्थाको संयुक्त आयोजनामा वित्तीय सचेतनामूलक प्रभातफेरी कार्यक्रम समेत गरिएको छ।

‘निरन्तर सहयात्रा’ नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडले जनाएको छ । थाहा खबर

Facebook Comments Box