मदरसा नुरुल उलोमको वार्षिक उत्सव भव्य रुपमा सम्पन्न
कपिलवस्तु ,चैत्र ११ । जिल्लाको यशोधरा गाउँपालिका- ४ पोखरभिटवामा संचालित मदरसा नुरुल उलोमको सालाना अन्जुमन (वार्षिक उत्सव) भव्य रुपमा सम्पन्न भएको छ ।
बार्षिक उत्सव कार्यक्रममा स्थानीय बुद्धिजीवी विद्यालयहरुका सञ्चालक युवा अभियन्ताहरुले विद्यार्थीहरूको प्रतिभालाई प्रशंसा गरेका थिएँ ।
कार्यक्रमलाई सञ्चालन गरेका स्थानीय हजरत अलि खानका अनुसार लगभग पाँच दर्जन विद्यार्थीहरूले उर्दू अङ्ग्रेजी नेपाली भाषामा भएको व्यक्तित्व कला प्रतिष्पर्धा गरेका थिए ।
सरकारी पाठ्यक्रमका साथै अन्य स्थानीय शिक्षाको आवश्यकतालाई महसुस गर्दै पठन पाठन हुँदै आएको उक्त विद्यालयमा विद्यार्थी स्थानीय महत्वका विषयमा नाटकहरू प्रस्तुत भएको प्रधानाध्यापक अवनिश कुमार पाण्डेयले जानकारी दिए ।
विद्यार्थीहरूको आन्तरिक कला क्षमता र प्रतिभालाई प्रोत्साहन गर्न कार्यक्रममा ठूलो संख्यामा अभिभावकहरूको उपस्थित भएका थिए।
कार्यक्रमको सभाध्यक्ष समेत रहेका मदरसाको व्यवस्थापन समिति अध्यक्ष मुन्शी रफीउल्लाहले
शैक्षिक विकासका लागि आफूहरु निरन्तर प्रयासरत रहेको बताए। साथै उनले उत्सव मार्फत विद्यार्थीहरूमा हौसला र साहस प्रवाह हुनुभएकाले आगामी दिनमा पनि कार्यक्रहरूले निरन्तरता पाउने विश्वास जाहेर गरे ।
कार्यक्रममा डायरी,कलम, टोपी, हैन्ड बेग लगायत शैक्षिक सामग्रीहरू द्वारा पुरुष्कार दिँदै शाह स्टेशनरीको प्रोप्राइटर इ. परवेज अहमदले विद्यार्थीहरूलाई प्रोत्साहित गरेका थिए।
कार्यक्रममा यशोधरा गाउँपालिका वडा नं. ५ को अध्यक्ष जुबेर अहमद मुसलमान, वडा नं. ८ को वडा अध्यक्ष शहाबुद्दीन मुसलमान, हुदा माेडल हायर सेकेण्डरी इंग्लिश बोर्डिङ स्कुलको प्रमुख निर्देशक अब्दुल मतीन खान, कुल्लिया बदरियाको संस्थापक अध्यक्ष मौलाना मोहम्मद अतहर मदनीका साथै स्थानीय समाजसेवी हरम शरीफ, अब्दुल मन्नान,रोशन मुसलमान, हनुमान पाण्डेय, सिद्धेश्वर पाण्डेय (सोचई) बृजेश कुमार पाण्डेय, खुर्शीद अहमद, अख्तर खान लगायत वि. व्य.स. का पुर्व अध्यक्षहरुको मुख्य उपस्थिति रहेको थियो।
