कपिलवस्तुमा लागुऔषध मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

सेयर गर्नुहोस

कपिलवस्तु ।

कपिलवस्तु प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ।

जिल्ला अदालत कपिलवस्तुको २०७१ असार ३० गतेको फैसला आदेशअनुसार लागुऔषध कसुर मुद्धामा दुई वर्ष कैद र एक लाख जरिवाना तोकिएका कृष्णनगर नगरपालिका ३ का राजेन्द्र कुमार अग्रवाललाई कपिलवस्तु प्रहरीले प्रकाउ गरेको बताएको छ ।

अग्रवाललाई इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार कृष्णनगर नगरपालिका वडा नम्बर ३ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको जनाएको छ ।

अग्रवाललाई जिल्ला अदालतमा उपस्थित गराई उल्लेखित कैद भुक्तानका लागि जिल्ला कारागार तौलिहवा चलान गरिएको बताएको छ । वैखरी

Facebook Comments Box